महाविरलाई रक्षामन्त्री खड्काको जवाफः ‘सहमति कार्यान्वयनमा सरकार प्रतिबद्ध छ’

महाविरलाई रक्षामन्त्री खड्काको जवाफः ‘सहमति कार्यान्वयनमा सरकार प्रतिबद्ध छ’


उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको प्रतिभालाई बाहिर जान नदिने उद्देश्यप्रति सरकार प्रतिवद्ध रहेको दोहो-याएका छन् । 

मंगलवार भीमसेन थापाको २४९औं जन्मजयन्तीको अवसरमा आयोजित सम्मान एवं पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री खड्काले देशका प्रतिभालाई स्वदेशमै रोक्ने उद्देश्यबाट सरकार विचललित नहुने प्रष्ट पारे । 

कार्यक्रममा आविष्कार केन्द्रका प्रमुख महावीर पुनले सरकारले आफूसंग गरेका सहमति कार्यान्वायनमा इमान्दारीता नदेखाएको दुखेसो गरेपछि खड्काले सरकारले गरेको सहमती अनुरुप अघि बढ्न तयार रहेको बताए । उनले भने,‘देशको प्रतिभालाई बाहिर जान नदिने उद्देश्यलाई कहीँ पनि रोक्ने,छेक्ने अनुसन्धान, अन्वेषण र आविष्कार गर्नेलाई प्र्र्रेरित गर्नेको बद्ला छेक्ने कुनै पनि त्यस्तो कुरा आयो भने महाविर पुन जि म तपाईलाई वचन दिन चाहान्छु । नेपाल सरकारको तर्फबाट, उच्च तहबाट त्यसलाई बङग्याउँन थालियो भने पूर्ण रुपमा हस्तक्षप गरेर तपाई सँग सहमति भएको त्यो ऐनलाई मन्त्री परिषद्मा पास गरेर संसदमा पु-याउने वचन दिन चाहन्छु ।’  

पुनलाई ऐनमा कतै अलमल प-यो भन्ने लाग्यो भने व्यक्तिगत रुपमा फोन गरेर जानकारी दिन अनुरोध गर्दै उनले भने, ‘ऐनमा कतै अलमल प-यो भन्ने लाग्यो भने मलाई फोन चाँहि गरेर जानकारी दिएर सहयोग गरिदिनुहोला । यहाँ भन्नुभएको कुरा फोनमा १० दिन अगाडि भन्नुभएको भए आज यहाँ भन्नुपर्ने अवस्था आउने थिएन कि ?’

Logo