राष्ट्रिय सुरक्षाको सवालमा जिम्मेवार पदमा बस्नेहरु नै गम्भीर छैनन्ः सुरक्षाविद् उप्रेती

राष्ट्रिय सुरक्षाको सवालमा जिम्मेवार पदमा बस्नेहरु नै गम्भीर छैनन्ः सुरक्षाविद् उप्रेती


सुरक्षाविद् विष्णुराज उप्रेतीले राष्ट्रिय सुरक्षाका सवालमा जिम्मेवार पदमा बस्ने मानिस नै गम्भिर हुन नसकेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सुरक्षाविद् उप्रेतीले राष्ट्रिय सुरक्षा नीतिको बारेमा राज्यको जिम्मेवार पदमा बस्ने मानिसले नै महत्व नदिएको टिप्पणी गरेका हुन् । 

नीति अनुसन्धान प्रतिष्ठानका निर्वतमान कार्यकारी प्रमुख समेत रहेका सुरक्षाविद् उप्रेतीले भने- ‘महत्वपूर्ण दस्तावेज कहाँ छन् भनेर खोज्दा खेरी त्यति बेला काम गर्ने अधिकारीहरुका घर घरमा छन् तर कार्यालयहरुमा छैनन् । मैले परराष्ट्र मन्त्रीलाई लेखेको छु । मुख्य सचिवलाई लेखेको छु महत्वपूर्ण दस्तावेज खोजिनु प-र्यो कहाँ गए ती ?’ 

नीति अनुसन्धान परिषद्मा महत्वपूर्ण दस्तावेज कुहिने अवस्थामा पुगेको उनको भनाई छ । 

बैठकमा अन्य सुरक्षाविद्हरुले राष्ट्रले राष्ट्रिय महत्वका वस्तुहरुको संरक्षण र त्यसको उपयोगमा ध्यान दिन नसकेको बताएका थिए । 

Logo