रास्वपा बझाङका संयोजक खड्का निलम्बित

रास्वपा बझाङका संयोजक खड्का निलम्बित

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकारमाथि हातपात गरेको आरोप लागेका बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कालाई पार्टीबाट निलम्बन गरेको छ।

जिल्ला संयोजक खड्काले पत्रकार महासंघ बझाङका सदस्य सुनिल मण्डलेलाई आक्रमण गरेको आरोप लागेपछि निलम्बन गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए । घटनाबारे पार्टीको अनुशासन समितिले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिएका छन्।

रास्वपा बझाङ संयोजकसमेत रहेका होटल होलिडे इनका सञ्चालक खड्काको निर्देशनमा खप्तड आवाज रेडियोका पत्रकार सुनिल मण्डेललाई साउन ८ गते निवासबाटै अपहरण गरी बन्दी बनाएर आक्रमण गरेको आरोप थियो।
 

Skip This
Skip This
Logo