एक साताका लागि राष्ट्रिय सभा बैठक स्थगित

एक साताका लागि राष्ट्रिय सभा बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित गरिएको छ। बिहीबार दोस्रोपटक बसेको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुन पारित गरेको छ। 

यसअघि राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो। उक्त विधेयकलाई प्रतिनिधिसभाले संशोधनसहित पारित गरेर राष्ट्रिय सभामा पठाएको हो। राष्ट्रिय सभाले बिहीबार पुनः सो विधेयक पारित गरेको हो। 

उक्त विधेयक पारित गरेपछि बैठक आउँदो बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा जानकारी गराए। 

Logo