नेपाली काँग्रेसका महामन्त्री गगन थापाले निर्वाचन आयोगले तोकेको जरिवाना बुझाएका छन् ।
आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना बुझाई फेरि निर्वाचन खर्च सार्वजनिक समेत गरेका उनले सामाजिक सञ्जालमा लेख्दै यसअघि आफूले सार्वजनिक गरेको खर्चको विवरण निर्वाचन आयोगलाई फेरि बुझाउनुपर्छ भन्ने जानकारी नहुँदा जरिवानामा परेको बताएका छन् ।
उनले लेखेका छन्, ‘मैले निर्वाचन आयोगमा मिति २०७९/०८/२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु। यो विवरण सार्वजनिक पनि भएको थियो। तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु। अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु।’





























प्रतिक्रिया