राष्ट्रिय राजनीतिमा नयाँ तरङ्गको सिर्जना हुन्छः कमल थापा

राष्ट्रिय राजनीतिमा नयाँ तरङ्गको सिर्जना हुन्छः कमल थापा

केन्द्रबिन्दु
0
Shares

राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब नेपाली राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग सिर्जना हुने दाबी गरेका छन् । 

काठमाडौंमा संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा र राप्रपा नेपालबीचको एकीकरण घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यो एकता नेपालमा राष्ट्रवादी शक्ति निर्माणका लागि कोशेढुङ्गा सावित हुने जिकिर गरे । 

उनले भने, ‘यो एकता केवल प्रारम्भ मात्रै हो । देशमा एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने । यो प्रारम्भसंगै नेपालको राष्ट्रिय राजनीतिमा तरङ्गको सिर्जना हुनेछ भन्ने मैले ठानेको छु ।’ अब  एकिकृत पार्टीको  मान्यता राष्ट्रिय मान्यताको रुपमा स्थापित हुने उनको दाबी छ।  

यी दुई पार्टीबीचको एकीकरणपछि पनि कमल थापाकै नेतृत्वमा रहने पार्टीको नाम पनि राप्रपा नेपाल नै रहने छ । 

Logo