संवैधानिक परिषद्को बैठक कुनै निर्णय नगरी टुंगिएको छ । प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफल गर्न प्रधानमन्त्रीको कार्यालय सिंहदबारमा मंगलबार दिउँसो बसेको परिषदको बैठक कुनै निर्णय नगरी टुंगिएको हो ।
आजको बैठकले विश्वम्भर प्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी थियो । प्रधानन्यायाधीश हरिकृष्ण कार्की चारदिनपछि २० साउनबाट अनिवार्य अवकाशमा जाने भएका कारण नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि बैठकले नाम सिफारिस गर्न लागेको हो ।
अब बिहीबार अपराह्न ५ बजे परिषद्को बैठक बस्ने र प्रधानन्यायाधीशसहित अरू संवैधानिक निकायमा रिक्त रहेका पदमा समेत सिफारिस गर्ने सहमति भएको पनि बताइएकाे छ ।
बैठकमा संवैधानिक परिषद अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना, उपसभामुख इन्दिरा राना सहभागी थिए ।





























प्रतिक्रिया