संघीय शिक्षा ऐन संसदमा पेश गर्न मन्त्रिपरिषद् बैठकको स्वीकृति

संघीय शिक्षा ऐन संसदमा पेश गर्न मन्त्रिपरिषद् बैठकको स्वीकृति

केन्द्रबिन्दु
0
Shares

सरकारले संघीय शिक्षा ऐन संसदमा पेश गर्ने भएको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उक्त ऐनलाई संसदमा पेश गर्न स्वीकृति दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । राजनीतिक परिवर्तन र सत्ता स्वार्थ केन्द्रित दलहरुको राजनीतिका कारण आठ वर्षसम्म पनि संघीय शिक्षा ऐन जारी हुन सकेको छैन । नेपालको नयाँ संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि अझै संघीय शिक्षा ऐन बन्न नसकेको हो । 

त्यस्तै, बैठकले विज्ञापन नियमन गर्ने नियमावली २०८० स्वीकृत गर्नुको साथै विश्व वातावरण सुविधावापत २० करोड अनुदान स्वीकृत गरेको छ । साथै बैठकमा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति, लम्पी स्कीन नियन्त्रण र प्रभावित किसानहरुलाई राहतका विषयमा पनि छलफल हुने बताइएको छ।

Logo