माओवादी केन्द्रीय समिति बैठक आजदेखि

माओवादी केन्द्रीय समिति बैठक आजदेखि

केन्द्रबिन्दु
0
Shares

आजबाट नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक बस्दैछ। सो केन्द्रिय समिति बैठक नेपाल प्रज्ञा प्रतिष्ठान,कमलादीमा बिहान ११ बजेबाट सुरु हुनेछ।

पाँच दिनसम्म जारी हुने बैठकमा पेश हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई ‘फाइनल टच’ दिन आज बिहान ८ बजे स्थायी कमिटी बैठक बस्दैछ।

पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने सो बैठकले केन्द्रिय समितिमा पेश हुने राजनीतिक,सांगठानिक प्रतिवेदन पारित गरेपछि ११ बजेदेखी सुरु हुने भनिएको केन्द्रिय समितिमा प्रस्तुत हुनेछ। 

मंसिरमा हुने विधान सम्मेलन,समसामयिक राजनीतिक बिषय,सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारवाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन्। 

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य,१९८ जना वैकल्पिक सदस्य,केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी हुने माओवादी केन्द्रिय कार्यालयले जनाएको छ।

Skip This
Skip This
Logo