विधान संशोधन गर्दै माओवादी केन्द्र

विधान संशोधन गर्दै माओवादी केन्द्र

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रले विधान संशोधन गर्ने भएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले कमिटी विधान विपरीत भएकाले विधान संशोधन गर्ने निर्णय गरेको हो । 

पार्टी प्रवक्ता कृष्णबहादुर महराले स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै बैठकले उक्त निर्णय गरेको बताए । ‘आज विधान संशोधन गरेर कमिटीहरूमा थप केही महिला, समावेशी, केही युवा र छुटेका सिनियर साथीलाई ल्याउने भन्ने भएको छ । को ल्याउने भन्ने निर्णय भएको छैन ।’ उनले भने । 

प्रवक्ता महराले अहिले सरकार र पार्टीको कामकारबाहीको विषयमा पनि आफ्ना कुरा राख्ने बताए ।

Logo