संसदीय सुनुवाई समिति बैठकः मन्त्री साउदले बुझाए कर्मचारी विवरण

संसदीय सुनुवाई समिति बैठकः मन्त्री साउदले बुझाए कर्मचारी विवरण

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रालयमा कार्यरत कर्मचारीको विवरण पेश गरेका छन् । 

बुधवार संसदीय सुनुवाइ समितिको बैठकमा मन्त्री साउदले राजदूत नियुक्तिमा समावेशिताको प्रश्न उठ्दा लोक सेवा आयोगमार्फत परराष्ट्र सेवामा प्रवेश गरेका कर्मचारीको विवरण प्रस्तुत गरेका हुन् ।

बैठकमा उनले भने- ‘नेपालको संविधानले राज्यका सबै क्षेत्रलाई समावेशी बनाउने सिद्धान्त अंगीकार गरेपछि नेपाल परराष्ट्र सेवा समावेशीताका नमूनाको रूपमा रहेको छ । लोक सेवा आयोगबाट पदपूर्ति गर्दादेखी नै समावेशी सिद्धान्तका आधारमा महिला, जनजाति, मधेसी, दलित, अपाङ्गता भएका व्यक्ति र पिछडिएको क्षेत्रको प्रतिनिधित्व सुनिश्चित हुने गरी दरखास्त आह्वान र पदपूर्ति गर्ने गरिएको छ ।’

मन्त्री साउदले नेपाल सरकारको प्रतिबद्धता अनुसार नेपालको संविधानको मर्म र भावना अनुरूप समावेशी सिद्धान्तलाई आत्मसाथ गर्दै सबै प्रकारको नियुक्तिमा समावेशी बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताए । 

Skip This
Skip This
Logo