२०४८ सालमा सरकार बनेदेखि एमालेमाथि चरम दमन भइरह्याेः अध्यक्ष ओली

२०४८ सालमा सरकार बनेदेखि एमालेमाथि चरम दमन भइरह्याेः अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०४८ सालमा सरकार बनेदेखि एमालेमाथि चरम दमन भएको बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित तुल्सीलाल अमात्यको २६औं स्मृति दिवसको अवसरमा अध्यक्ष ओलीले दमनबाट एमालेका धेरै कार्यकर्ता पीडित भएको बताएका हुन् । उनले भने, ‘२०४८  सालमा सरकार बनेपछि नेकपा एमाले माथि यति ठूलो दमन भो, ४८ को चुनावमा सीपी मैनालीजी भाग्यमानी हो बञ्चराले हान्दा पनि बच्नु भो, प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले बञ्चराले हानेको मान्छेलाई । नेपाली कांग्रसले बञ्चरोको धारले सीपी मैनालीको टाउकोमा हान्न खोजेका थिए ।’ 

अध्यक्ष ओलीले त्यति बेलादेखि एमालेले धेरै कुरा भोगेको बताए । निरंकुश राजतन्त्र र पञ्चायत ढाल्दासम्म जेल नेल भोगेर आन्दोलन गरेर आफूहरु अगाडि बढेको चर्चा गर्दै उनले ३० हजार एमालेका कार्यकर्तामाथि निरंकुश सरकारले क्रुर दमन गरेको पनि बताए । 

अध्यक्ष ओलीले अहिले नेकपा एमालेको चरित्र हत्या गर्न, बदनाम गर्न र विस्थापित गर्न घिनलाग्दो प्रचार भइरहेको आरोप पनि लगाए । 

Logo