माइती नेपाललाई एम्बुलेन्स प्रदान गर्ने सांसद सुनिल शर्माको घोषणा

माइती नेपाललाई एम्बुलेन्स प्रदान गर्ने सांसद सुनिल शर्माको घोषणा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले माइती नेपाललाई एम्बुलेन्स प्रदान गर्ने घोषणा गरेका छन् । 

मानव बेचविखन विरुद्धको विश्व दिवसको अवसरमा माइती नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद शर्माले महिला तथा बालबालिका बेचविखन विरुद्ध काम गर्दै आएको माइती नेपालले एम्बुलेन्सको स्वीकृति लिएको ७२ घण्टाभित्र एम्बुलेन्स खरिद गरिदिने घोषणा गरेका हुन् ।

मोरङको क्षेत्र नं.३ बाट निर्वाचित सांसद शर्माले यसअघि पनि विभिन्न सामाजिक संघ संस्थालाई एक दर्जन बढी एम्बुलेन्स दिइसकेका छन् । पूर्वी पहाडी जिल्ला पाँचथर र कर्णाली प्रदेशको विकट जिल्ला कालीकोटमा पनि उनले एम्बुलेन्स दिएका छन् । झापा, मोरङमा पनि सांसद शर्माले प्रदान गरेका एम्बुलेन्सबाट धेरै विरामीले सेवा पाइरहेका छन् ।

काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको अध्यक्ष भइसकेका सांसद शर्माले माइती नेपालमार्फत आउनेलाई दिइँदै आएको निःशुल्क उपचार सेवालाई निरन्तरता दिइने पनि जानकारी दिएका छन् । यसअघि अध्यक्ष रहँदा डा. शर्माले २०७८ असार ११ गते माइती नेपालसँग सम्झौता गरी यौनकर्मी, एचआइभी संक्रमण पीडित तथा अनाथ बालबालिकालाई ५० लाख बराबरको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएका थिए । 

Skip This
Skip This
Logo