ओलीकाे प्रश्रः गृहमन्त्रीको भाषण सुन्छु, सदन चलाउनुस्, गरी खानुस् भनेको थिएँ र मैले ?

ओलीकाे प्रश्रः गृहमन्त्रीको भाषण सुन्छु, सदन चलाउनुस्, गरी खानुस् भनेको थिएँ र मैले ?

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसदमा गृहमन्त्रीले बोल्ने भनेपछि सदन चल्न दिने गरी सहमति भएको भनेर गलत हल्ला चलाइएको टिप्पणी गरेका छन् । 

बुधबार ललितपुरको च्यासलमा आयोजित तुल्सीलाल अमात्यको २६औं स्मृति दिवसको अवसरमा अध्यक्ष ओलीले बालुवाटारमा भएको छलफलमा सुनकाण्डबारे गृहमन्त्रीले सदनलाई जानकारी गराउने भनेपछि सदन चल्न दिने कुरा भएको भन्ने प्रचार भएको भन्दै उनले त्यसप्रति आक्रोश पोखे । 

भन्सारसमेत नियन्त्रण गर्न योग्य नभएको गृहमन्त्रीले सदनलाई सम्बोधन गर्ने र आफूहरुले सुन्नुपर्ने भन्दैमा आफूले सुन जेसुकै होस् सदन चलाउनुस् गरी खानुस भन्न नसक्ने उनको तर्क छ ।  ‘गृहमन्त्रीले मात्र बोल्ने रे जो भन्सार नियन्त्रण गर्न योग्य छैन् । जो अरुमाथि नचाँहिदो आरोपित लान्छित गरेर अरु तिर संकेत गरेर हिँड्छ उल्ले भाषण गर्ने रे अनि सांसदहरुले नपाउने रे । ’ आफूले त्यस्तो सहमति गर्नै नसक्ने भन्दै उनले भने ‘गृह मन्त्रीले  भाषण गरेपछि चलाउँन दिने रे । गृह मन्त्रीको भाषण त्यस्तो पवित्र उनको भाषण एकपटक सुन्न पाउँन त्यति भएपछि सुन जे सुकै होस् सदन चलाउनुस् गरी खानुस भनेर आएको थिए र म । त्यस्ता कुरा गर्ने ?’

सभामुखलाई बाध्य पारेर सरकारले सदन एक हप्ता सारेको उनको आरोप छ । उनले भने- ‘हिजो सभामुखले रोक्दिनु भयो, सभामुखलाई बाध्य पारेर किन रोक्छ सरकारले ? सारे पनि आजलाई सार्नुपर्छ नि एक हप्ता रे  ।’

Logo