हेर्दै जानुहोस् ठूला नेताको नाम आएपछि सुन काण्ड पनि सेलाएर जान्छः शेखर कोइराला

हेर्दै जानुहोस् ठूला नेताको नाम आएपछि सुन काण्ड पनि सेलाएर जान्छः शेखर कोइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचार हटाउने, शुसासन कायम गर्ने र दण्डहिनताको अन्त्य गर्ने हो भने नेपालको भविष्य उज्वल रहेको बताएका छन् । 

नेपाल प्रेस युनियन काठमाडौं शाखा प्रमाण पत्र वितरण तथा पदस्थापन कार्यक्रममा नेता कोइरालाले भ्रष्टाचारले देशलाई हरेक क्षेत्रमा गाँजेको भन्दै देशमा कुनै घटना भएपनि माथिल्लो तहको मानिसको सहभागिताले हराएर जाने प्रवृत्ति बढेको पनि बताएका हुन् ।

उनले भने, 'भ्रष्टाचारले देशलाई हरेक क्षेत्रमा गाँजेको छ, अहिले जुन सुन काण्ड आएको छ त्यो पनि सामान्य भएर जान्छ किनभने त्यसमा माथिल्लो तहको मानिसको सहभागिता हुन्छ । यो केश चल्दा चल्दै अर्को काण्ड आउँछ हामीले कुनै पनि केशलाई निष्कर्षसम्म पु-याएको छैन् । किनभने ठूलो तहको सहभागिता हुन्छ । नेपालको भविष्य नभएको होईन्, भ्रष्टाचार हटाउने, शुसासन कायम, दण्डहिनताको अन्त्य, गर्न सक्यौ भने नेपालको भविष्य उज्वल छ ।'

नेता कोइरालाले देश अप्ठ्यारो र अराजकतातिर गईरहेको भन्दै जिल्ला र सर्वोच्च अदालतले फैसला गरेका व्यक्ति पनि राजनीतिक लेप लगाएर छुट्ने गरेको बताए । उनले भने, 'देश अप्ठ्यारो र अराजकतातिर गईरहेको छ, भ्रष्टाचारले गाँजेको छ हाम्रो देश, अर्को कुरा दण्डहिनता हत्या गर्ने काम हुन्छ, राजनीतिक लेप लगाईदिन्छौ, अनि त्यो छुट्छ । जिल्ला अदालत, सर्वोच्च अदालतले फैसला गरेका व्यक्तिहरु पनि छुटेका हुन्छन् । यस्तो कुरालाई सही दिशामा लान सकेनौ भने देश अराजकता तिर जान्छ र गईरहेको पनि छ ।' 

यस्तै, नेता कोईरालाले कुनै घटना भयो, अगाडि बढ्यो भने तीनजना शीर्ष नेताहरुको बैठक र छलफल सुरु हुने भन्दै पत्रकारहरुले यस्तो कुराहरुलाई ध्यानमा राखेर उजागर गर्न सक्ने हो भने देश अगाडि बढ्ने बताए । 

Skip This
Skip This
Logo