सरकारद्वारा २ अर्ब ६२ करोड ऋण प्राप्त गर्न वार्ता टोली गठन

सरकारद्वारा २ अर्ब ६२ करोड ऋण प्राप्त गर्न वार्ता टोली गठन

केन्द्रबिन्दु
0
Shares

सरकारले २ अर्ब ६२ करोड बराबरको अनुदान सहायता प्राप्त गर्ने दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अर्थमन्त्रालयको प्रस्तावमा २० मिलियन अमेरिकी डलर अनुदान प्राप्त गर्ने दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको जानकारी दिएकी हुन् । 

उनले भनिन्, ‘अर्थ मन्त्रालयको प्रस्तावमा खाद्य तथा पोषण सुधार कार्यक्रम दोस्रोको लागि विश्व बैकबाट २० मिलियन अमेरिकी डलर करिब २ अर्ब ६२ करोड बराबरको अनुदान साहायता प्राप्त गर्ने दस्तावेजलाई अन्तिम रुप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने भन्ने निर्णय भएको छ ।’

त्यस्तै बैठकले विश्व वातावरण सुविधाबापत प्राप्त हुने २० करोड २२ लाख रुपैयाँ बराबरको अनुदान सहायता स्विकार गर्ने निर्णय गरेको छ । 

Logo