प्रस्तावित ६ जना राजदूतकाे नाम अनुमोदन

प्रस्तावित ६ जना राजदूतकाे नाम अनुमोदन

केन्द्रबिन्दु
0
Shares

संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित ६ जना राजदूतको नाम अनुमोदन गरेको छ । 

हिजो र आज बसेको समितिको बैठकको निर्णय सुनाउँदै समितिको सभापतित्व गरेका ज्ञानेन्द्रबहादुर कार्कीले संसदीय सुनुवाइ समितिको बैठकको निर्णय सार्वजनिक गर्दै सबै ६ जना प्रस्तावित राजदूतको नाम अनुमोदन भएको जानकारी दिएका हुन् । ‘प्रस्तावित सबै व्यक्तिहरुलाई प्रस्ताव गरिएको पदमा नियुक्तिको लागि संयुक्त संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसंञ्चालन नियमावली २०८० नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन गरेको छ ।’ उनले भने । 

बिहान ११ बजे सार्वजनिक लेखा समितिको हलमा सुरु हुने बैठकमा लागि परराष्ट्रमन्त्री एनपी साउदसँग छलफल र प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गर्ने तालिका राखिएको छ। 

सरकारले न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्र संघीय नेपाली नियोगका आवासीय प्रतिनिधिमा रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि राजदूतमा धनबहादुर ओली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टाराई सिफारिस गरेको छ । उनीहरूविरुद्ध संसदीय समितिले गत बुधबार उजुरी आह्वानका लागि १० दिनको समय दिएर सूचना जारी गरेको थियो ।

मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूतहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । 

Skip This
Skip This
Logo