प्रतिष्पर्धाका नाममा सञ्चारमाध्यमहरु मर्मबाट बाहिरिँदै छन्ः सचिव पाण्डे

प्रतिष्पर्धाका नाममा सञ्चारमाध्यमहरु मर्मबाट बाहिरिँदै छन्ः सचिव पाण्डे

केन्द्रबिन्दु
0
Shares

संघीय संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले प्रतिष्पर्धाका नाममा सञ्चार माध्यमहरु मर्मबाट बाहिरिँदै गएको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित संसद र सञ्चार अनुभव आदानप्रदान तथा अन्तर्क्रिया कार्यक्रममा सचिव पाण्डेले सञ्चार माध्यमममा अनुसन्धानमुलक समाचार पनि आउन छाडेको गुनासो गरेका हुन् । उनले सञ्चारकर्मीले नकारात्मक विषयलाई मात्र उठाएको आरोप पनि लगाए । 

उनले भने, ‘नकारात्मक विषयलाई उठाएर चर्चामा आउँने, अनुसन्धानमूलक समाचारहरु नआउँने, कसले छिटो दिन सक्छ भन्ने प्रतिस्पर्धामा मात्रै काम गर्ने भित्र समाचार हेर्ने हो भने दुई लाइन पनि हुँदैन । अहिले त्यस्तो अवस्था छ । हाम्रो सञ्चार जगतलाई व्यवस्थित गर्न आवश्यक छ कि, सदनमा दक्ष जनशक्तिको स्थिरता नभएको कारण धेरै कामहरु गर्न सकेका छैनौँ । यहाँ उठेका समस्याहरु नयाँ संसद भवन बनाउँदा त्यसलाई सुधार गर्ने तिर ध्यान गएको छ ।’ 

Logo