सन्तोष परियारकाे गुनासाे- हाम्रा विधेयकहरू समूहको स्वार्थमा बन्याे

सन्तोष परियारकाे गुनासाे- हाम्रा विधेयकहरू समूहको स्वार्थमा बन्याे

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सबै मिले संसद राम्रो बन्ने सम्भावना रहेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित संसद र सञ्चार अनुभव आदानप्रदान तथा अन्तर्क्रिया कार्यक्रममा उनले भने, ‘सासंदहरुलाई सार्वभौम बनाउनको लागि दललाई जिम्मेवार बनाउने होला, हाम्रो विधेयक समूहको स्वार्थमा बनिरहेको हुन्छ । हामी सबै मिलेर ससंद राम्रो बन्ने सम्भावना छ ।’ 

यस्तै, जनता समाजवादी पार्टीकी सांसद रञ्जकुमारी झाले सञ्चार माध्यमसँगको सहकार्यमा जनताले न्या पाउन सक्ने बताइन । उनले भनिन् ‘जनताले अझै के बुझेको छ भने आर्थिक बजेट कति दिन्छ, वस त्यति मात्रै बुझेको छ, कानूनको बारेमा केही छैन् । समानुपातिकको नाममा परिवार ल्याउँन पाउँदैन् । प्रतिपक्षको रचनात्मक भूमिका भएन नेता बीच के हुन्छ केही थाहा हुदैँन् । हामीले काम गर्न खोज्ने हो भने पनि काम गर्न दिदैँन् । समितिको सभापतिको भूमिका कति महत्वपूर्ण छ भन्ने कुरा सरकारले बुझ्न सकिरहेको छैन ।’ 

Logo