जनमत पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने

जनमत पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने

केन्द्रबिन्दु
0
Shares

जनमत पार्टीले सङ्घ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ।

पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष डा.सिके राउतले वर्तमान सरकारलाई निरन्तता दिने निर्णय गरेको पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादवले बताए। बैठकले पार्टी सङ्गठनलाई पाँच गुणा ठूलो बनाउने लक्ष्यका साथ ‘मिसन–८४’अगाडि बढाउने निर्णय गरेको छ।

पार्टीले आज स्थानीय जनप्रतिनिधिसम्मिलत पार्टी समन्वय बैठक बोलाएको छ। बैठकमा वडाध्यक्ष,नगर प्रमुख,उपप्रमुख,गाउँपालिका अध्यक्ष र उपाध्यक्षको सहभागिता रहनेछ। 

Logo