राज्य व्यवस्थातथा सुशासन समिति सभापतित्व गरिरहेका जेष्ठ सांसद चित्रबहादुर केसीले अहिलेको सत्तापक्ष लुटपाट र भ्रष्टाचारमा लागेको आरोप लगाएका छन् ।
शुक्रबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भएको समितिको आन्तरिक कार्यविधि, २०८०को सम्बन्धको छलफलमा सभापति केसीले यसरी राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेपछि अहिलेको नेपालको स्थिति धेरै नै गम्भीर रहेको टिप्पणी गरे ।
शुक्रवार समितको कार्यकक्ष सिंहदरबारमा बसेको बैठकमा उनले भने,‘अहिलेको नेपालको स्थिति धेरै नै गम्भीर रहेको छ, राज्यसत्तानै लुटपाट र भ्रष्टाचारमालागेपछि गर्नुहुन्छ के ?कुनव्यक्तिभन्दापनि सत्ता नै लुटपाटमा लागेपछि गाह्राे छ । तर हरेस खानुहुन्न।’
त्यस्तै नेपाली कांग्रेसका नेता दिलेन्द्र बडुले सुन प्रकरणको छानविनमा सरकारलाई सघाउनुपर्ने बताए । सुन प्रकरण अन्तर्राष्ट्रिय जगतको यो बढी चिन्ताको विषय बनेकाले संलग्न दोषीहरुलाई कानूनको कठघरामा ल्याउन नसके जनताको मुलुकप्रतिको दृटिकोण नकारात्मक हुने चिन्ता व्यक्त गरे ।
उनले भने, ‘सुन प्रकरणमा संलग्न दोषीहरुलाई कानूनको कठघरामा ल्याउन सकेनौँ भने यो मूलुकप्रतिको दृटिकोण जनताको र अन्तर्राष्ट्रिय जगतको यो बढी चिन्ताको विषय बनेको छ । जनताले पनि हामीलाई यो कुरामा मुल्यांकन गरिरहेका छन् त्यसैले हामीले सरकालाई सघाउनुपर्छ ।’
साथै उक्त प्रकरणको छानविन समिति गठनको एजेण्डा समितिअन्तर्गत नपर्ने हुनाले नबनाउन आग्रह गर्दै उनले भने, ‘छानबिन समिति गठनको कुरा संसदअन्तर्गत रहेकाले समितिमा त्यसलाई एजेण्डाको रुपमा बनाउन मिल्दैन, आवश्यक पनि छैन् ।’





























प्रतिक्रिया