सत्य निरुपण मेलमिलाप आयोगसम्बन्धी विधेयक अन्तिम चरणमा छः मन्त्री शर्मा

सत्य निरुपण मेलमिलाप आयोगसम्बन्धी विधेयक अन्तिम चरणमा छः मन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मानव अधिकार उल्लंघनका घट्नालाई निरुत्साहित गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । 

शुक्रबार काठमाडौंमा आयोजितअभिलेखालय तथा श्रोत केन्द्रको उद्घाटन कार्यक्रममा मन्त्री शर्माले सत्य निरुपण मेलमिलाप आयोगसम्बन्धी विधेयक अहिले संसदीय समितिमा उपसमिति गठन भएर करिब अन्तिम चरणमा रहेको बताएकी हुन् । उनले भनिन्,‘सरकारको तर्फबाट मानव अधिकार उलंघनका घट्ना मुख्य रुपमा द्वन्द्वकालीन युद्धमा जे जस्ता घट्नाहरु भए तिनलाई अब टुङग्याउँनुपर्छ भनेर सत्य निरुपण मेलमिलाप आयोग सम्बन्धी विधेयक अहिले संसदीय समितिमा छ । त्यहाँ  उपसमिति गठन भएर करिब अन्तिम चरणमा छ ।’ 

स्थानीय सरकार ,प्रदेश सरकार र नेपाल सरकार सबै मिलेर यस विषयलाई अगाडि बढाउने पनि उनले बताइन् ।

Logo