भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले राजतन्त्र ढाल्ने शक्तिले प्रजातन्त्र पनि ल्याउन सक्ने बताएका छन्।
समाजवादी इन्जिनियरिङ एसोसिएशन नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले समाजवादी लक्ष्य बोकेका इञ्जिनियरहरुलाई राजनीतिकरुपमा नै सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
उनले भने,‘राष्ट्र निमार्णको इञ्जिनियरिङ गर्ने जिम्मा तपाईहरुको छ, विकासको रोड म्याप बनाउँने जिम्मा छ, त्यसमाथि समाजवादी लक्ष्य बोकेका इञ्जिनियरहरु राजनीति रुपमा हामी सहयोग गरौंला त्यसको खाका तपाईहरुले बनाउँने हो।’
मन्त्री ज्वालाले गुण भएको विचार र सिद्धान्त भएको लक्ष्य स्पष्ट छ,भने एउटा लक्ष्यमा पुग्न सहज हुने उल्लेख गर्दै राजतन्त्र ढाल्ने शक्तिले समाजवाद पनि ल्याउँन सक्ने बताए। उनले आफूहरु यो आँटका साथ अभियानमा होमिएको बताए।
उनले भने, ‘धेरै समस्या र चुनौतीहरुको बीचमा केही आशा दिने गरि सरकारले काम गरेको छ। भ्रष्टाचारीहरुको विरुद्धमा अभियान चलाएको छ,त्यसमा सफल हुन्छौँ। जनतालाई सेवा सुविधा दिने प्रयासमा छौँ।’
मन्त्री ज्वालाले यातायात व्यवस्थामा पनि धेरै समस्याहरु रहेको चर्चा गर्दै त्यसको समाधानमा सबैको सहयोग आवश्यक रहेको बताए। उनले योजनाहरु समयमा सम्पन्न गर्न आग्रह गर्दै हरेक योजनामा प्रगति देखिनुपर्ने र गुणस्तर पनि हुनुपर्ने बताए ।





























प्रतिक्रिया