संसद अवरोधले कानून निर्माणमा समस्या भयोः सभामुख घिमिरे

संसद अवरोधले कानून निर्माणमा समस्या भयोः सभामुख घिमिरे

केन्द्रबिन्दु
0
Shares

सभामुख देवराज घिमिरेले पछिल्लो समय भइरहेको संसद अवरोधले नियमित कानून बनाउन समस्या भएको बताएका छन्।

शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगले धुलिखेलमा आयोजना गरेको कार्यक्रममा उनले संसद अवरोधका कारण कैयौं विधेयकहरु छलफल र नियम कानून बनाउन नसकिएको भन्दै चिन्ता व्यक्त गरेका हुन्। 

उनले भने,‘केही सातादेखि संसद नियमित कारबाहीमा अगाडि बढ्न नसकेको स्थिति छ। कैयौं विधेयकहरु छलफल भएको छैन। परिणाम दिने गरी नियम कानून बनाउन सकिरहेका छैनौँ। पछिल्लो समय संसद अवरोध नियमित कानून बनाउन बाधक भएको छ। माननीयज्यूहरुले संसद अवरोध खोल्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने आवश्यकता देखेको छु।’

उनले संसदले पछिल्ला वर्षहरुमा नियमित काम गर्न नपाएको भन्दै अघिल्लो संसदमा पनि संसद विघटन, पुनर्स्थापना  र निर्वाचनका कारण जनमुखी कानून निर्माणमा प्रर्याप्त छलफल हुन नसकेको स्मरण गरे।

उनले मानवअधिकार आयोगको स्तर घटुवाको विषयले आफूलाई गम्भीर बनाएको बताए। यस विषयमा सरकारले विशेष दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ। 

Logo