नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बहुमतको सरकारले मात्र केही नहुने बताएका छन्।
शनिबार नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिकाको १४ औँ महाधिवेशन पश्चात पहिलो नगर सम्मेलनमा थापाले आम जनताको विश्वासले सबैभन्दा ठूलो अर्थ राख्ने बताएका हुन्।
उनले भने,‘पूर्ण बहुमतमको सरकारले पनि केही हुँदैन रहेछ। राजनीतिक दलप्रति नागरिकहरुको विश्वास चाहिने रहेछ। कतिको विश्वास गरेका छन भन्ने कुराले अर्थ राख्ने रहेछ। नेपाली जनताले नै माथि लाने हो भने जनताले नै रोडमा झार्ने हो।’
महामन्त्री थापाले सेवा गर्ने बेलामा काँग्रेसले टोपी खोल्न नहुने बताए। एक जनाले मात्र गरेर केही नहुने बताउँदै उनले हरेक काम टिममा समय सीमा राखेर गर्नुपर्ने बताए।





























प्रतिक्रिया