ऋषिमुनि,साधक र तपस्वीले दिएको ज्ञानको अनुशरण गरे नेपाल थप सु-संस्कृति मुलुक बन्छः उपराष्ट्रपति यादव

ऋषिमुनि,साधक र तपस्वीले दिएको ज्ञानको अनुशरण गरे नेपाल थप सु-संस्कृति मुलुक बन्छः उपराष्ट्रपति यादव

केन्द्रबिन्दु
0
Shares

उपराष्ट्रपति रामसहाय यादवले ऋषिमुनि, साधक र तपस्वीको तपोभूमि रहेको नेपाली समाजले उनीहरुले दिएर ज्ञानको अनुशरण गरे थप सु-संस्कृत हुने बताएका छन्। 

उनले ऋषिमुनि, साधकएवं तपस्वीबाट प्राप्त ज्ञान,शिक्षा र उपदेशलाई गौरवको रुपमा लिएर वर्तमान परि प्रेरक्ष्यमा व्यवहारिक जीवनको रुपमा अनुशरण गर्न सके शान्ति प्रिय नेपाल थप सु-संस्कृत र उन्नत समाज बन्न सक्ने धारणा राखेका हुन्। 

शनिबार काठमाडौँमा आयोजित सकारात्मक परिवर्तनको वर्ष २०८० को उद्घाटन गर्दै उपराष्ट्रपति यादवले नेपाल पशुपतिनाथ,शान्तिका दूत गाैतम बुद्ध,राजा जनक र सीताको जन्म भूमिसँगै ऋषिमुनि र तपस्विको तपो भूमि रहेको स्मरण गरेका हुन्।  

उनले नेपाल उनीहरुको नामले परापूर्वकालबाटै चिनिँदै आएकोमा गौरव गर्दै ऋषि,तपस्वीर साधकले दिएको ज्ञान,शिक्षा र उपदेशलाई वर्तमान परिवेश अनुसार व्यवहारिक जीवनमा अनुशरण गर्न सके शान्तिप्रिय नेपाल थप सु-संस्कृत बन्न सक्ने उल्लेख गरे। 

‘विभिन्न ऋषिमुनि,तपस्वी र साधकहरुको भूमि पनि नपाल रहेकोमा गौरवान्वित हुँदै उहाँहरुबाट प्राप्त ज्ञान,गुण,शिक्षा र उपदेशहरुलाई वर्तमान परिवेशमा व्यवहारिक जीवनमा अनुशरण गर्न सके शान्तिप्रिय हाम्रो मूलुकथप सभ्य, सुसंस्कृत उन्नत समाज बन्न सक्छ,’यादवले भने। 

उपराष्ट्रपति यादवले ध्यान र अभ्यासबाट हुने आन्तरिक चित्त वृद्धिसँगै मन,वचन र कर्मले सकारात्मक परिवर्तन ल्याउने विषय निर्विवाद भएको बताए। उनले त्यो कायम रहने भन्दै सबैमा सकारात्मक परिवर्तनको लागि कामना पनि गरे। 

उनले भने,‘उक्त समारोहबाट उत्पन्न हुने सकारात्मक परकम्पनले अध्यात्मिक जागृतिका साथै समाजको हरेक क्षेत्र,तह र तप्कामा रहेका युवा,बाल,वृद्ध,महिला,पुरुष सम्पूर्णमा सकारात्मक रुपान्तरणको प्रकृया आरम्भ र विस्तार गर्नमा कोशे ढुंगा सावित हुन सकोस् भन्ने कामना गर्दछु।’ साथै उपराष्ट्रपति यादवले नेपाली समाज मात्र नभएर विश्व नै राजयोग अभ्यास प्रति आकर्षित हुनु आफैंमा सकारात्मक पक्ष रहेको बताए।

Logo