एकीकृत समाजवादीका कार्यावाहक अध्यक्ष डा. बेदुराम भुसालले ललिता निवास जग्गा प्रकरणमा पाटी अध्यक्ष माधव नेपाललाई अदालतले छानविनको लागी दिएको आदेश नै संसयपूर्ण भएको बताएका छन् ।
अदालतले नहुने विषयमा आदेश दिएको बताउँदै कृषि तथा पशुपंक्षीमन्त्री समेत रहेका भुसालले वास्तविक विषयलाइ मोडेर अदालतले दिएको आदेश स्वभाविक हो कि होइन भन्ने विषयमा समेत प्रश्न उठेको बताए ।
`न्याय क्षेत्रमा काम गर्ने कानुन व्यवसायीहरुले अदालतको आदेश अस्वभाविक भएको बताईरहेको वेला हामीले त्यसलाई संसयको रुपमा लिएका छौँ,´ मन्त्री भुसालले भने । यद्दपी छानविनलाई आफ्नो पार्टीले सदैव सहयोग गर्ने उनकाे भनाइ छ ।
अध्यक्ष नेपाललाइ अदालतले छानविन गर्न आदेश दिइरहेको बेला किन भगाउनुभयो भन्ने प्रश्नमा मन्त्री भुसालले त्यो आरोप मात्र भएको पनि बताए । अध्यक्ष नेपाल पूर्वनिर्धारित कार्यक्रम अनुसार नै विदेश गएको वताउँदै उनले भाग्यो या भगायो भन्नू प्रतिसोधपूर्ण भावना भएको जिकिर गरे ।
ग्रामिण उधम तथा आर्थिक विकास आयोजना मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन महोत्तरी पुगेका मन्त्री भुसालले सरकार सुशासनको प्रत्याभूत दिलाउने दिशातर्फ सदैव उन्मुख भएको पनि वताए ।





























प्रतिक्रिया