युवा पुस्तामा कस्ले पहिला नेपाल छोड्ने भन्ने होड नै चलेको छः गगन थापा

युवा पुस्तामा कस्ले पहिला नेपाल छोड्ने भन्ने होड नै चलेको छः गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले युवा पुस्तामा विदेश पलायन हुने होड नै चलेको बताएका छन् । 

शनिबार नेपाली लेखक संघ काठमाडौँ जिल्ला समितिको दोस्राे अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले भविष्यको लागि छट्पटाइरहेका युवाहरुमा कसले पहिला नेपाल छोड्ने ? भन्ने होड चलेको बताएका हुन् । 

उनले भने,‘नेपाली समाजमा यति ठूलो असन्तुष्टि देखिन्छ यति धेरै व्याकुलता छटपटी छ । युवाहरुमा पलायनको एउटा होड छ की कसले पहिला नेपाल छोड्ने भनेर । युवाहरुको निराश भइरहेको बेलामा राजनीतिक प्रवृति पनि उस्तै देखिएको छ ।’ 

महामन्त्री थापाले आफ्नो भविष्यको लागि छट्पटाइरहेका युवाहरुलाई सकारात्मक बाटो देखाएर लानु पर्ने आवश्यकता रहेको बताए ।

Skip This
Skip This
Logo