नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरको घोटलाबारे प्रश्न उठाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित समृद्ध नेपाल सुखी नेपालीः देश विकासको मार्ग चित्र विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले माओवादीले सेना समायोजन गर्दा भएको घोटलाबारे प्रश्न उठाएका हुन् । पहिले भनेजति सेना नभएको र उनीहरुको नाममा लिएको पैसा माओवादीले नेताहरुले कहाँ लगे उनको प्रश्न छ ।
‘क्यान्टोनमेनमा के भयो त ? ३४ हजार भनियो ३ हजार भागे ३१ हजार भनियो ति पनि थिएनन् । गन्न खोज्दा मान्छे जम्मा गरेर ल्याईयो । मान्छे ट्रक का ट्रक जम्मा गरियो । यो दुनियाँले देखेको छ । कतिपय कुराहरु चिरन्जिवीजीहरुले किन नदेखेको जस्तो गर्नु भयो म बुझ्दिनँ ।’ उनले भने, ‘३१ हजार भनेर माओवादीले पैसा लिएको लियै गर्याे । गन्छौँ भनेपछि देश भरिबाट मान्छे ओसारियो । २४ हजार मात्र पर्याे । के ३१ हजार बाट २४ हजारमा एकै दिन घटेको हो ? २४ हजार नै सदर गर्दा पनि बीचको पैसा कहाँ गयो त ?
तत्कालिन माओवादी सेना १९ हजारसमेत नरहेको अध्यक्ष ओलीको भनाई छ ।





























प्रतिक्रिया