नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसद सुनिल शर्मा पक्राउ प्रकरणमा सरकारले नाङ्गो नाच देखाएको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित समृद्ध नेपाल सुखी नेपालीः देश विकासको मार्ग चित्र विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले चिनियाँ नागरिकले पाएको नागरिकता सक्कली कि नक्कली भन्ने प्रश्न पनि गरे ।
उनले भने, ‘म सरकारलाई भन्न चाहन्छु सुनिल शर्माको सर्टिफिकेट यदि नक्कली हो भने अगाडि नै यो प्रकृया पूरा गरेर कारवाही किन गरिएन ? ज्यादति गरेर कुनै गृहमन्त्री अप्ठयारो र लाज नमानिकन संसदमा उल्टै के को डाटे भन्छ के हिन्दीमा जस्तै सांसदहरुलाई डाँट्न आउने ? कमसेकम अलिकति लज्जाबोध त हुनुपर्छ । बोल्नेहरुलाई हतकडी लगाउने ? जाली र नक्कली सर्टिफिकेट भनेको के ?’
अध्यक्ष ओलीले नेपाली नागरिकसँग विवाह गरेको चिनियाँ नागरिकसँगको चर्चा सुनेको उल्लेख गर्दै ती चिनियाँ नागरिकले पाएको भनिएको नेपाली नागरिकता सक्कली कि नक्कली भएको भन्दै प्रश्न गरे ।





























प्रतिक्रिया