चुरे दोहनका कारणा मधेश मरुभूमि बन्दैछः मन्त्री भुसाल

चुरे दोहनका कारणा मधेश मरुभूमि बन्दैछः मन्त्री भुसाल

केन्द्रबिन्दु
0
Shares

कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले चुरे दोहनले मधेशको उर्वर भूमी विस्तारै मरुभूमि बन्दै गएको बताएका छन्।

 ग्रामिण उधम तथा आर्थिक विकास आयोजना मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका मन्त्री भुसालले मधेशमा चुरे दोहन मुख्य समस्या रहेको बताएका हुन्।

विशेषगरि धान उत्पादनमा यस्को प्रभाव प्रत्यक्ष परेको बताउँदै चुरे हरियाली नभएसम्म तराइका जमिन बन्झर नै बनिरहने उनकाे तर्क छ।मधेशको प्राण मानिने चुरेको निरन्तर दोहनले कृषियोग्य भूमिहरु मरुभूमि बन्दै छन्,उनले भने,‘अब चुरे बचाउनुको विकल्प नै छैन, उनका अनुसार चुरे रहेसम्म मधेश रहने बताउँदै स्थानिय र सरोकारवालाहरु नै दोहन नियन्त्रण गर्न लाग्न ढिलाइ भइसकेकाे छ।’

पछिल्लो केही बर्ष यता मधेशमा चुरे दोहन कै कारण सिँचाइका नहरहरु सुकेका छन् भने खानेपानीको समस्या त बढ्दै गएको छ। मधेशका जिल्लाहरुमा खानेपानी र सिँचाइको  हाहाकार नै बनेपछि मधेशलाई सुख्खा क्षेत्र घोषणा गर्न सरोकारवालाहरुले माग गरेका थिए।

Skip This
Skip This
Logo