नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्को महिना ‘सपिङ’मा जाने भएका छन्। मुगुका दुई किशोरीको पालनपोषण र शिक्षा दिक्षा दिइरहेका एमाले अध्यक्ष ओलीले उनीहरुका लागि कपडा किन्नका लागि अर्को महिना ‘सपिङ’ जान लागेका हुन्।
‘शनिबार स्कूल बिदाको दिन पारेर मुगुका मेरा यी दुई छोरीहरू (ठिन्ले साङ्मु लामा र छिरिङ लामा) मलाई भेट्न आइरहन्छन्, आज पनि आएका थिए। बालाई भेट्न आएको नि भन्दै आज घुम्न जाने भन्दै थिए, तर मेरो फूर्सद मिलेन,’ ओलीले सो भेटपछि भने, ‘घरमा आमासँग भिडियो कल गर्ने भने। उनीहरूका बाआमासँग एकछिन् भिडियोमा कुरा भयो।’
ओलीलाई आफ्नो निवासमा भेटन आएका दुई किशोरीको तस्विर हाल्दै अगाडी लेखेका छन्,‘केही समय यिनीहरुसँग कुरा गरेर बिताएँ। राम्रोसँग पढ्छु भनेका छन्। अर्को महिनामा लुगा किन्न जाने कुरो भएको छ। खुशी छन् छोरीहरु।’































प्रतिक्रिया