नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले वर्तमान सरकारलाई आतंककारीको संज्ञा दिएका छन् ।
पार्टी संसदीय दलको बैठकपछि संचारकर्मीसंग सांसद शर्माले यो सरकारलाई बिदा गर्नुपर्ने र शेरबहादुर देउवा नेतृत्वमा सरकार बन्नुपर्ने बताएका हुन् । उनले यो सरकारलाई आतंककारीको संज्ञा दिए ।
उनले भने, ‘म जुन हिसाबमा पक्राउ परेँ म आतंककारी सरकार भन्छु यो सरकारलाई, म सरकारमा भएको महशुस भएको छैन् । यो सरकारले जसरी मलाई विना पक्राउ पूर्जी पक्राउ गर्यो, मैले झगडा गरेपछि मात्रै जारी गरियो, त्यसमा थुनामा राख्ने पूर्जी भोली पल्ट मात्रै जारी गरियो यो आफैमा गैर कानूनी हो ।’ उनले भने ‘यो आतंककारी सरकारलाई सकेसम्म चाडो विदा गर्नुपर्छ ।’
आफूले उठाएको विषय सबैको साझा विषय भएको भन्दै अब गृहमन्त्रीको राजीनामा नआएसम्म आफूले विरोध जारी राख्ने सांसद शर्माको भनाई छ । ‘मैले राजीनामाको माग नगरेको भए म त्यस्तोमा पर्ने थिइनँ, पूर्वाग्रही भएको छ । अझै नयाँनयाँ केशहरु पनि आउनसक्छ । गृहमन्त्रीको राजीनामा नआउनु जेल यो मेरो बटमलाईन हो, यो पूरा नभएसम्म मैले बोल्न पाएन भने विरोध गर्छु । मैले उठाएको विषय मेरो मात्रै होइन, विस्तारै सबैको साझा विषय बन्छ । मलाई लागेर जेलमा राख्ने तर अरुलाई अझसम्म किन कारवाही भएको छैन भन्ने कुरा उठिरहेको छ ।’ उनले भने ।





























प्रतिक्रिया