राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिल कुमारी रावलले गाउँको जनसंख्या गाउँमै रोक्ने योजना आवश्यक रहेको बताएकी छिन् ।
आज बसेको समितिको बैठकमा सभापति रावलले गाउँमा अरबौं खर्च गरेर विकासका कार्यक्रम लैजाने तर मानिसहरु भने नबस्ने अवस्था आयो भने विकासको अर्थ नहुने तर्फ सरकार सचेत हुनु पर्ने बताएकी हुन् ।
‘जनसङख्यालाई किन गाउँमा रोक्न सकेको छैन । यसको अध्ययन हुन जरुरी छ । नत्र हामी अरबौं खर्च गरेर विकास कार्यक्रमहरु त्यहाँ लग्ने र नागरिक चाँहि एकातिर अहिले शहर केन्द्रीत हुँदा त्यहाँ आधारभूत सुविधापनि नपाउँने अवस्था आयो भन्ने छ ।’ उनले भनिन्, ‘आवश्यकता भन्दा धेरै जनसङ्ख्या भएपछि धान्ने अवस्था हुँदैन असुन्तलित हुन्छ त्यसैले यो विषयलाई छलफलमा लान चाहन्छौं । स्वास्थ्य तथा जनसङख्या मन्त्रालय कार्यक्षेत्रको हिसाबले र सिङ्गो प्रधानमन्त्री कार्यलयले पनि यसलाई महत्व दिनुपर्छ । राष्ट्रीय योजना आयोगले पनि प्राथमिकता दिनुपर्छ ।’
एकीकृत तथ्याङ्क संकलनमा जोड दिनु आवश्यक रहेको भन्दै त्यसतर्फ संसदीय समितिले समेत ध्यान दिनुपर्ने सभापति रावलको भनाई छ ।































प्रतिक्रिया