बालुवाटार प्रकरणमा माधव नेपालको प्रतिक्रिया- ‘आत्तिएको छैन, अलिअलि चित्त दुखेको छ’

बालुवाटार प्रकरणमा माधव नेपालको प्रतिक्रिया- ‘आत्तिएको छैन, अलिअलि चित्त दुखेको छ’

केन्द्रबिन्दु
0
Shares

एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटार प्रकरणमा आफूले कुनै गल्ति नगरेको दाबी गरेका छन् । 

साता लामो युरोप भ्रमणपछि सोमबार बिहान स्वदेश फर्किएका नेपालले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले आफूले कुनै बदमासी नगरेको दाबी गरेका हुन् । उनले भने, ‘नबिराउनु नडराउनु मैले केही पनि विराएको छैन् । कुनै बदमासि गरेको छैन् । कुनै अपराध गरेको छैन्, कुनै भ्रष्टाचार गरेको छैन । कुनै पनि लेनदेन गरेको छैन । यो सबै स्थितिको कारणले गर्दा म आत्तिएको छैन । र अलिअलि चित्त दुखेको छ ।’ 

अहिले देश अन्यौलको अवस्थामा रहेको भन्दै अध्यक्ष नेपालले छानबिनमा सहयोग गर्न तयार रहेको बताए । ‘के गरौलाँ भनेको के पो भयो भने जस्तो देशको स्थिती छ । बालुवाटार प्रकरणमा त्यो काम कुन प्रधानमन्त्रीको कार्यकालमा भएको हो भनेर भन्ने कुरामा संभवत मेरो नाम अरु भन्दा अग्रपन्तमिा पर्दछ । त्यस्तो केही बदमासि केही भएको छ भने त्यसको छानबिन होस त्यसमा मेरो तर्फबाट के सहयोग  गर्नु पर्ने हो मेरो सहयोगी भुमिका रहनेछ ।’ उनले भने । 

अध्यक्ष नेपालले आफूलाई भाग्यो भन्ने आरोप लगाइएको भन्दै चित्त दुखाए । ‘सर्वोच्चबाट अघिल्लो दिन बेलुका ललिता निवास छानबिन अघि बढाउनु भनेर भनियो । म प्रधानमन्त्री भएको बेला जग्गासम्बन्धी कतिपय निर्णय भएको थियो । माधव नेपाल भाग्यो भनेर लेखे । माधव नेपाल भाग्ने खालको मान्छे हैन भन्ने बुझ्नुपथ्र्यो । राजाले गिरफ्तार गर्न खोज्दा त भाग्ने मान्छे हैन । कुनै गल्ती अपराध बदामासी नगरेको, भ्रष्टाचार नगरेको सन्दर्भमा पूर्वनिर्धारित कार्यक्रममा जाने अवस्था बन्यो म गएँ ।’ 

अध्यक्ष नेपालले नेपाली राजनीतिमा निकै नै जटिल देखिएको भन्दै संसद अवरोध गर्न नहुने बताएका छन् । जारी संसद अवरोधले जनतामा धेरै नकरात्मक सन्देश गएको भन्दै त्यसलाई ध्यानमा राखेर सरकारले काम गर्नु पर्ने उनको भनाई छ । 

Logo