पदबाट राजीनामा दिएका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले आफू खुसी भएको बताएका छन्।
मन्त्रालयमा आयोजित बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। मोदीले भने,‘पद र प्रतिष्ठा सधैँ रहँदैन, म खुसी छु, अनुभव सङ्गाल्न पाएँ।’
त्यसअघि उनले भने,‘म सहज तरिकाले बिदा भएँ। प्रधानमन्त्री मेरो पार्टी अध्यक्ष पनि हो। म उहाँलाई सधैँ सहयोग गर्न तयार छु। उहाँले सबै पदाधिकारीलाई राख्नुभयो र कसले छाड्ने त सहजरूपमा ? भनेर सोध्नुभयो, मैले हुन्छ भने। उहाँले राम्रो काम गर्दै हुनुहुन्छ। त्यसमा मैले सहयोग गर्नुपर्छ।’





























प्रतिक्रिया