एमाले, रास्वपाका सांसदकाे नाराबाजीपछि संसद बैठक स्थगित

एमाले, रास्वपाका सांसदकाे नाराबाजीपछि संसद बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

प्रतिपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले उठेर नाराबाजी गर्न थालेपछि बैठक आगामी भदौ ३ गते दिउँसो एक बजेसम्मका लागि स्थगित भएको हो । सभामुख देवराज घिमिरेले कार्यसूचीमा रहेका सबै कार्यक्रम हटाएर  एक साताका लागि बैठक स्थगित गरेका हुन्।

क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रतिपक्षी सांसदहरूले नाराबाजी गरेका हुन्। बैठकमा नेपाली कांग्रेसका सांसद सुनिल शर्मा र एमालेका सांसद मानवीर राईले भने धारणा राखेका थिए।

Skip This
Skip This
Logo