गृहमन्त्रीले राजीनामा नदिए आमरण अनशन बस्ने सांसद शर्माको चेतावनी

गृहमन्त्रीले राजीनामा नदिए आमरण अनशन बस्ने सांसद शर्माको चेतावनी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सांसद सुनिल शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण अनशन बस्ने चेतावनी दिएका छन्।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माफी माग्नु पर्ने समेत बताए । ‘अहिलेका गृहमन्त्रीले बिना शर्त राजीनामा गर्नुपर्छ, मेरो अहिलेदेखि अन्तिमसम्म माग छ । यदि गृहमन्त्रीले राजीनामा गर्नुहुन्न भने र प्रधानमन्त्रीले अपोलोजी गर्नुहुन्न भने आमरण अनशन डिक्लियर गर्छु ।’

सांसद शर्माले आफूले सुन तस्करी प्रकरणमा नैतिक रुपमा संलग्न व्यक्तिहरुको राजीनामा माग गर्दा आफूलाई पक्राउ गरेर दुःख दिएको भन्दै आक्रोश पोखे । 

Logo