साताव्यापी भ्रमणका लागि उपराष्ट्रपति यादव चीन प्रस्थान [तस्विरमा]

साताव्यापी भ्रमणका लागि उपराष्ट्रपति यादव चीन प्रस्थान [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

उपराष्ट्रपति रामसहायप्रसाद यादव साताव्यापी भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । 

चीनको कुनमिङ्गमा साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने सातौँ चीन दक्षिण एशिया प्रदर्शनी र २७औँ चीन कुनमिङ्ग आयात–निर्यात मेलामा सहभागी हुन उपराष्ट्रपति यादव सोमबार अपरान्ह चीन प्रस्थान गरेका हुन् । मेलाको उद्घाटन समारोहलाई उनले सम्बोधन गर्ने कार्यक्रम छ । 

उपराष्ट्रपति यादवसँगै उनकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीसहितको टोली चीन गएको छ । उनलाई प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्षलगायतले विमानस्थलबाट बिदाई गरे । 

चीन भ्रमण सकेर उपराष्ट्रपति यादव भदौ ४ गते स्वदेश फर्किने कार्यक्रम छ ।

 

Skip This
Skip This
Logo