नेकपा एमालेका सचेतक महेश बर्ताैलाले संसदको अवरोध एमालेले नभई सरकारले गर्न खोजेको जिकिर गरेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठक पछि पत्रकारहरुसंग कुराकानी गर्दै सचेतक बर्तौलाले सरकार प्रतिपक्षीको मागमा अनुदार देखिएको आरोप पनि लगाए । उनले भने, ‘सरकारले यो संसद अवरोध गर्न चाहन्छ । संसदको भूमिकालाई निश्तेज पार्न चाहन्छ । त्यसकारण प्रतिपक्षले संसदमा उठाएको मागलाई नजरअन्दाज र अन्देखा गर्ने, माग पूरा गर्दिनँ भनेर अनुचित अडान र जवर्जस्तीमा उभिएको छ ।’
सचेतक वर्तौलाले नेकपा एमालेले संसद अवरोध नगरको दावी गरे । उनले एमालेले उठाउको विषय जनताको हितमा भएको जिकिरसमेत गरे । उनले सरकारले एमालेविरुद्ध नकारात्मक हौवा चलाएको र जनतामा भ्रम छर्ने कार्य गरेकोसमेत दावी गरे ।































प्रतिक्रिया