राष्ट्रिय सभा अन्तर्गतका दुई समितिको बैठक आज बस्दै

राष्ट्रिय सभा अन्तर्गतका दुई समितिको बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा अन्तर्गतका दुई समितिहरूको बैठक आज बस्दैछ।

प्रमुख प्रतिपक्षी एमालेले सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संघीय संसद अवरुद्ध गरिरहेका बेला राष्ट्रिय सभाका दिगो विकास तथा सुशासन र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्न लागेको हो। 

दिगो विकास तथा सुशासन समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। संसद सचिवालय सिंहदरबारमा बस्ने बैठकमा दलित समुदायका विभेद र उत्पीडनको अन्त्य गरी सामाजिक साँस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने लगायतका विषयमा राष्ट्रिय सभाबाट स्वीकृत संकल्प प्रस्ताव कार्यान्वयनको अवस्थाका विषयमा छलफल हुने सचिवालयले जनाएको छ। 

त्यस्तै, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक भने १२ बजेका लागि बोलाइएको छ। बैठकमा मधेश प्रदेशमा सम्पन्न कार्यक्रमको समिक्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा आयोजना गरिने कार्यक्रमका विषयमा छलफल हुनेछ। राष्ट्रिय सभाको बैठक बुधबार १ बजेका लागि बोलाइएको छ भने प्रतिनिधिसभाको बैठक भदौ ३ गतेसम्मका लागि स्थगित गरिएको छ।

Skip This
Skip This
Logo