एनआरएनए: काँग्रेसले उम्मेदवार टुंग्यायो,अध्यक्षमा श्रेष्ठ

एनआरएनए: काँग्रेसले उम्मेदवार टुंग्यायो,अध्यक्षमा श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनमा काँग्रेस पक्षले आफ्ना मुख्य उम्मेदवारकाे टुंगो लगाएको छ।

प्रजातान्त्रिक पक्षधरबाट अब जापानका महेश श्रेष्ठ साझा उम्मेदवार हुने भएका छन्। हिजो बेलुकासम्म अध्यक्ष मै उम्मेदवारी दिने बताइरहेका अमेरिका निवासी डाक्टर केशव पौडेल भने श्रेष्ठलाई समर्थन गर्दै एक स्टेप तल उपाध्यक्षमा उठ्ने भएका छन्। अन्य सबै पद मिलाउने जिम्मा पौडेलले पाएका छन्।

अध्यक्षमा महेश जिलाई पठाउने निर्णय भयो। अरु पदाधिकारी क-कसलाई पठाउने भन्ने सबै जिम्मा केशव जिलाई दिनेगरी सहमति भएको छ,’ बैठकमा सहभागी एकजनाले भने। महासचिवमा अमेरिकाका निर्वतमान अध्यक्ष बुद्धिसागर सुवेदीलाई पठाउने निर्णय भएको छ।

यसअघि श्रेष्ठ र पौडेल दुवै जनाले अध्यक्षमा उठ्ने तयारी गरेका थिए। पार्टीको समर्थन आफ्नो पक्षमा ल्याउन दुवै जना काठमाडौँ ओर्लिएका थिए। काँग्रेसी नेताहरूलाई भेटेर उनीहरूले छुट्टा-छुट्टै लविङ गरेका थिए। हिजो बिहानमात्र श्रेष्ठले काँग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नि आरजु देउवासँग भेटेर आफ्नो पक्षमा माहोल बनाइदिन अनुरोध गरेका थिए।

भेटमा नेताहरूले काँग्रेसबाट एक मात्र उम्मेदवार हुनुपर्ने बताउँदै दुई जना मिलेर आउन आग्रह गरेका थिए। त्यसपछि काठमाडौं ओर्लिएका काँग्रेस निकट उम्मेदवारहरू हिजो बेलुका लामो बैठक बसेका थिए। संघको निर्वाचन आगामी अक्टोबरमा हुँदैछ।

Logo