केशव स्थापितसहित एमालेका दुई केन्द्रीय सदस्य बिदा

केशव स्थापितसहित एमालेका दुई केन्द्रीय सदस्य बिदा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले केशव स्थापितसहित दुई केन्द्रीय सदस्यलाई बिदा गरेको छ। स्थापित र अर्का केन्द्रीय सदस्य सिराहाका प्रमोद नारायण यादवलाई बिदा दिने निर्णय सोमबारको सचिवालय बैठक गरेको हो।

एमालेका एक नेताका अनुसार यादव र स्थापितले पार्टी नेतृत्वलाई भेटेर कार्यकारी भूमिकाबाट बिदा लिन चाहेको बताएका थिए। त्यसपछि उनीहरूको राजीनामा स्वीकृत गरिएको हो।

सोमबारकै बैठकले पार्टीको अर्थ तथा योजना विभागको सचिवमा युवा संघकी पूर्वउपाध्यक्ष क्रान्ति बुर्लाकोटीलाई मनोनीत गरेको छ। सो विभागको प्रमुख एमाले स्थायी कमिटी सदस्य डा.बिन्दा पाण्डे छिन्। उनीभन्दा पहिले घनश्याम भुसाल सो विभागको प्रमुख रहेका थिए। 

Logo