गण्डकी प्रदेश सभा बैठक बस्दै

गण्डकी प्रदेश सभा बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेश सभा बैठक आज दिउँसो १:०० बजे बस्दैछ। ‘बिजनेस’ नभएपछि बैठक दुई पटकसम्म स्थगन भएको थियो।

आजको बैठकमा विषयगत समितिमा बस्ने सदस्यको नाम प्रस्तुत हुने प्रदेश सभा सचिवालयले जनाएको छ। सरकारले ल्याएको वन विधेयक बैठकमा पेस हुने सचिवालयका प्रवक्ता प्रेम सुवेदीले बताए। यसअघि गत बिहीबार र सोमबारलाई डाकिएको बैठक सरकारले बिजनेस दिन नसकेपछि स्थगन भएको थियो।

प्रमुख प्रतिपक्ष नेकपा एमालेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र गाईबस्तुमा देखिएको लम्पी स्किन रोगको नियन्त्रणसम्बन्धी जरुरी सार्वजनिक महत्वका दुई वटा प्रस्ताव पनि प्रदेशसभा सचिवालयमा दर्ता गरेको छ।

प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको सात महिना बितिसक्दा पनि ‘मिनी संसद्’ मानिने विषयगत समिति अझै गठन हुन सकेको छैन। प्रदेशसभा नियमावलीको प्रावधानअनुसार प्रदेशसभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानुन र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहनेछन्।

Logo