माधव नेपाललाई अध्यक्ष ओलीले भने- नामका मात्रै वामपन्थी

माधव नेपाललाई अध्यक्ष ओलीले भने- नामका मात्रै वामपन्थी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई नामको मात्रै वामपन्थीको संज्ञा दिएका छन् । 

मंगलबार नेकपा एमाले बागमती प्रदेशको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले नामै किटेर माधव नेपाल युवा आन्दोलन समाप्त पार्न वामपन्थीको साइनबोर्ड र स्वार्थको झोला बोकेर मरिमेटेको आरोप लगाएका हुन् । 

‘विचरा माघव नेपाल नाम त लिन नहुने हो तर युवा आन्दोलन समाप्त पार्न यति तल गिरे, अदालत गए, कहाँ गएनन् के गरेनन् होला र प्रतिक्रियावादी दक्षिण पन्थी सरकार बनाए दुई तिहाई बहुमतको सरकार ढालेर यो पार्टीको वरिष्ठ नेता हुँदाहुँदै पछाडिबाट गएर हाम्रो सरकार गिराउन खोज्ने, खासमा झोले भनेका वामपन्थी भनेर दक्षिणपन्थीको झोला बोकेर हिँड्ने हुन् । नामका वामपन्थी, साईन बोर्ड वामपन्थी भनेर स्वार्थको झोला बोकेका छन् ।’ उनले भने । 

अध्यक्ष ओलीले दुई तिहाईको सरकार ढालेर पार्टीको वरिष्ठ नेता हुँदाहुँदै पछाडिबाट गएर  सरकार गिराउन खोजेको आरोप लगाएका छन् । 

Skip This
Skip This
Logo