जग्गाको कित्ताकाट पूर्णरुपमा खोल्ने सरकारको निर्णय

जग्गाको कित्ताकाट पूर्णरुपमा खोल्ने सरकारको निर्णय

केन्द्रबिन्दु
0
Shares

सरकारले जग्गाको कित्ताकाट पूर्णरुपमा खुल्ला गरेको छ। 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि रोकिएका सम्पूर्ण जग्गा सम्बन्धी काम फुकुवा गर्ने निर्णय गरेको यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिए । ‘आजको मन्त्रिपरिषद् बैठकले एउटा महत्वपूर्ण निर्णय गरेको छ । त्यो भनेको जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको कित्ताकाट नामसारी लगायतका जग्गा सम्बन्धी हालसम्म रोकिएका कामहरुलाई फुकाउने गरी भू-उपयोग नियमावली क्याविनेटले पास गरेको छ ।’ उनले भने । 

गत वैशाखमा मन्त्रिपरिषद्ले भू उपयोग नियमावली संशोधन गर्ने निर्णय गरेपनि कार्यान्वयन हुन सकेको थिएन। आजको बैठकले भूमि व्यवस्था मन्त्रालयले पुनः अध्ययन गरी लगेको संशोधित नियमावली स्वीकृत गर्ने निर्णय भएको हो । 

हाल भू-उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट गर्न पाइने व्यवस्था रहेको छ। स्थानीय तहले वर्गीकरण गर्न नसक्दा करिब १६० पालिकामा मात्रै कित्ताकाट हुँदै आएको छ। सरकारले जग्गाको कित्ताकाट नखुल्दा आर्थिक चलायमान हुन नसकेको भन्दै वैशाखदेखि नै खुलाउने प्रयास गरेको थियो।

Skip This
Skip This
Logo