दोरम्बा गए प्रधानमन्त्री प्रचण्ड

दोरम्बा गए प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार (आज) रामेछापको दोरम्बा गएका छन्।

दोरम्बा स्मृति दिवस र पार्टीका अन्य गतिविधिमा सरिक हुन प्रधानमन्त्री दाहाल रामेछाप गएको उनको सचिवालयले जनाएको छ । 

तत्कालीन सरकार र नेकपा (माओवादी)बीच २०६० सालमा दोस्रो युद्धविराम भएको थियो । दोस्रो युद्धविरामकै समयमा साउन ३२ गते रामेछापको दोरम्बामा तत्कालीन नेपाली सेनाले २१ जनामा ओवादी छापामारहरूको हत्या गरेको थियो। सोही दिनको सम्झनामा नेकपा माओवादीले दोरम्बा स्मृति दिवस मनाउँदै आइरहेको छ।

प्रधानमन्त्री दाहालले दोरम्बामा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर जिल्लाका अन्य राजनीतिक गतिविधिमा पनि सरिक हुने बताइएको छ । 

Logo