राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचारको निष्पक्ष छानबिन गर्ने तागत आफ्नो पार्टीसँग मात्र भएको दावी गरेका छन्।
इलामको फिक्कल चोक बजारमा आयोजित पार्टीको खुला जनसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफूहरूलाई नेतृत्वको अवसर दिए चर्चामा रहेका ललिता निवास, नक्कली भुटानी शरणार्थी र सुन काण्डको सबै फाइल खोल्ने बताएका हुन् । यी फाइल खोले औंलामा गन्न सकिने नेतामात्र रहेर अरू सबै जेल जाने अवस्था रहेको उनको भनाई थियो ।
उनले भने, ‘यदि रास्वपा सरकारको नेतृत्वमा पुग्यो भने देशको एयरपोर्टबाट भित्रिएका क्विन्टलका क्विन्टल सुन काण्ड, ललिता निवास प्रकरण जस्ता अनेक कान्डको छानबिन गर्नेछ र देशमा औँलामा गन्न सकिनेबाहेक नेता जेलको छिँडीमा सड्नेछन्।’
रास्वपाको उदयबाट आत्तिएकाहरुले आफूहरुमाथि हमला गरिरहेको बताउँदै सभापति लामिछानेले आगामी निर्वाचनमा बहुमतका साथ जवाफ पनि आग्रह गरे । उनले भने, ‘२०८४ सालमा हुने निर्वाचनमा हामीलाई भोट दिएर हेर्नुस्, हामीले अवसर पाएर पनि गर्न सकेनौं भने त्यसपछि आफ्नो ठाउँलाई बरु घन्टी निषेधित घोषणा गरिदिनुभए हुन्छ ।’





























प्रतिक्रिया