मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिने

मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिने

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आउने सोमबार प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। 

गठबन्धन दलका तर्फबाट दोस्रो पटक साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले विश्वास मत लिनेसम्बन्धी आज प्रदेश सभा नयाँ सूचना दर्ता गराएका हुन्।‌ उनले ३ गते आइतबार विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराए पनि उपसभामुख सृजना दनुवारले ४ गते १ बजेको बैठकमा पेश गर्न तोक लगाएकी हुन् । 

पहिलो पटक सभामुखसमेतको हस्ताक्षरमा सरकार गठन गर्दा सर्वोच्च अदालतले बदर गरिदिएको थियो। त्यसपछि थापा साउन १६ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री बनेको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोहीअनुसार उनले सोमबार विश्वासको मत लिन लागेका हुन्।

Logo