जलवायु परिवर्तनको मुद्दामा नेपालले राम्रोसँग काम गर्न सकेको छैनः मन्त्री महतो

जलवायु परिवर्तनको मुद्दामा नेपालले राम्रोसँग काम गर्न सकेको छैनः मन्त्री महतो

केन्द्रबिन्दु
0
Shares

वन तथा वातावरणमन्त्री बीरेन्द्र प्रसाद महतोले जलवायु परिवर्तनको मुद्दामा नेपालले राम्रोसँग काम गर्न नसकेको बताएका छन् । 

शुक्रबार दिगो विकास तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री महतोले जलवायु परिवर्तनका मुद्दा धेरै मन्त्रालयमा छरिएको विषय भएकोले काम गर्न समस्या भएको बताएका हुन् ।

उनले भने, ‘अहिले हामी जुन जलवायु परिवर्तनको कुरा गरिरहेका छौं । जलवायु परिवर्तनमा नढाँटी भन्नुपर्दा नेपालले राम्रोसँग काम गरिरहेको अवस्था छैन । न हामीसँग नियम कानून छ । न योजना छ । न आउने भविष्यमा ठोस योजनाहरु छ  । यसमा हामी प्रवेश गर्न सकिरहेकै छैनौं । त्यसको कारण यो बिभिन्न मन्त्रालयसँग जोडिएको हुनाले सहकार्य गर्न सकेका छैनौं ।’ 

मन्त्री महतोले जलवायु परिवर्तनको मुद्दामा लिने सहयोग पनि नमिलेको प्रष्ट पारेका छन् । उनले भने, ‘अर्थमन्त्री र मन्त्रालयले विदेशी सहयोगको नाममा जुन लिईरहेको छ । त्यो एकदमै नमिल्ने किसिमले लिएको छ । टुक्राटुक्रा डलर लिने र उसले राखेको अनुसार मैले सम्झौता गर्नुपर्ने । त्यसपछि अमेरिकाको अवस्थालाई राखेर नेपालमा सम्झौता गर्‍यो भने, त्यो पैसा कसैले खर्च गर्न नसक्ने हुन्छ । हाम्रो जलवायु, वातावरण छुट्टै छ तर त्यसलाई मध्यनजर नराखी आफ्नो नियम कानून राखेर हामीसँग सम्झौता गर्छ ।’ 

Skip This
Skip This
Logo